अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्चीको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त

मेलम्चीको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त


काठमाडौं-मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी)मा जगरनाथ दासलाई नियुक्त गरिएको छ। मन्त्रीस्तरीय निर्णयले मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ।

कार्यकारी निर्देशकमा नियुक्त भएका दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख रहेको र दासले आइतबार नै मेलम्चीको कार्यकारी निर्देशकको रुपमा पदवहाली गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

त्यसैगरी, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक ई रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ। विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकोमा हाल तीनै जना उपमहानिर्देशक नियुक्त भएपछि विभागले पूर्णता पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।