काठमाडौं-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करबीच कार्यसम्पादन सम्झौता भएको छ।
मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री भण्डारी र सचिव पुष्करबीच कार्यसम्पादन सम्झौता गर्नुभएको हाे। सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्नेबारे सम्झौता भएको हो।






प्रतिक्रिया