अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह


काठमाडौँ-काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ।