अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली सेनामा २८० जना अधिकृतका लागि खुल्यो जागिर

नेपाली सेनामा २८० जना अधिकृतका लागि खुल्यो जागिर


काठमाडौं-नेपाली सेनाले दुईसय ८० अधिकृत (सहायक सेनानी/उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सनोको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो।

रिक्त रहेको सैनिक अधिकृत (सहायक सेनानी/उपसेनानी) पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक युवाले आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ।