अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपति यादव र भियतनामका समकक्षी सुआनबीच भेटवार्ता

उपराष्ट्रपति यादव र भियतनामका समकक्षी सुआनबीच भेटवार्ता


काठमाडौं-उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। दुई देशका उराष्ट्रपतिबीच आज काठमाडौंमा भेटवार्ता भएको हो। भियतनामकी उपराष्ट्रपति समकक्षी यादवको निमन्त्रणमा तीन दिने भ्रमणका लागि नेपाल आउनु भएको हाे ।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।