अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीजको दिन पशुपतिनाथका चारै ढोका खोलिने

तीजको दिन पशुपतिनाथका चारै ढोका खोलिने


काठमाडौं-पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपति दर्शनका लागि चारै वटै ढोकाबाट व्यवस्था गरिनेलगायतका प्रबन्ध गरेको छ।

विकास कोषकाे आयोजनामा मनाइने तीज र उक्त दिनमा भक्तालुहरुले मन्दिरका दर्शन सम्बन्धमा ११ बुँदे चरणहरुबारे जानकारी गराएको हाे।

जसमा गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट वाहिरी निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

त्यस्तै, मित्रपार्क–जयवागेश्वरी-पाचागणेश–भिमसेनस्थान-भूवनेश्वरी-शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै वाहिरीने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

त्यसैगरी, पिंगलास्थान-चारशिवालय पञ्चदेवल-बज्रघर-दक्षिण ढोकासम्मको लाईनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउँको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै वाहिरीने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

त्यस्तै, तिलगङ्गा-राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजीकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै वाहिरीने र आर्यघाट नजीकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने सक्ने कोषले जानकारी दिएको छ। त्यस्तै, दिर्शनका लागि बिहान ३ बजेदेखि जान सकिन्छ।

त्यस्तै, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुुसार रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेनाको समेत सहयोग गरिने कोषले जनाएको छ।