अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्र ढकाललाई गाउँको बाटोको सम्झना

चन्द्र ढकाललाई गाउँको बाटोको सम्झना


काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं चर्चित नेपाली उद्यमी चन्द्रप्रसाद ढकालले करिब साढे तीन दशक अघि बागलुङ, पर्वत र स्याङ्जामा पैदल हिँडेका दिनहरूको सम्झना गर्नुभएको छ।

छोटो समयमा नै नेपालका उद्योगीहरूको अग्र पङ्क्तिको सुचीमा पर्न सफल ढकालले आफ्नो जन्म घर बागलुङबाट पर्वतको कार्की नेटा हुँदै स्याङ्जाको नाग डाँडासम्म पैदल हिँडेर त्यहाँबाट काठमाडौँ जाने बसको यात्रा गरेको स्मरण गर्नुभएको छ।

कार्की नेटाको डाँडाबाट बागलुङ देखिने गरी सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै ढकालले नोस्टाल्जिक हुँदै सामाजिक सजालमा लेख्नु भएको छ ‘करिब ३६-३७ वर्षपछि आज स्याङ्जा हुँदै पर्वतको कार्की नेटामा पुन पुग्ने अवसर मिल्यो। हामी बागलुङ्गेहरु यही बाटो हुँदै स्याङ्जाको नाग डाँडा पुगेर मात्र बस चढ्ने र त्यहाँबाट काठमाडौंको यात्रा सुरु गर्ने दिनहरू अझै आँखा अघि ताजा छन्। बिहान सबेरै घरबाट झोला बोकेर यही गाउँको बाटो हुँदै हिँडेका ती सम्झनाहरू फेरी मनमा जागृत भए।’

ढकालले अतीतका ती दिनहरूलाई ‘कठिन तर अमूल्य’को संज्ञा दिनु भएको छ। ‘गाउँघरको सरल जीवनशैली,हरियालीले ढाकिएको सुन्दर प्रकृति अनि बाटोभरी भेटिने आत्मीय मनहरू। यी सबै आज सम्झनामा आज झलझली आए’ ढकालले लेख्नु भएको छ। गाउँको सम्झनाको गहिराइमा अझ डुब्दै ढकालले समय जति बदलिए पनि गाउँको माया,प्रकृतिको सुगन्ध र बाल्यकालका मिठा सम्झनाहरू कहिल्यै नमेटिने ढकालले उल्लेख गर्नुभएको छ। ‘समय बदलिए पनि गाउँको माया,प्रकृतिको सुगन्ध र बाल्यकालका मिठा सम्झनाहरू कहिल्यै मेटिँदैनन् रहेछन् ’ ढकालले लेख्नुहुन्छ ‘गाउँ अझै पनि उही आत्मीयता सहित देख्दा मन अत्यन्त प्रफुल्लित भएको छ।’

प्रकृतिले दिएको सुन्दर वरदान हाम्रा पहाड,खोलानाला,जङ्गल र आतिथ्ययतामा सदुपयोग गर्नुपर्ने ढकालको सुझाव छ । उहाँले प्रकृतिका यी बरदानलाई सदुपयोग गर्ने हो भने पर्यटन प्रवर्द्धन गरी मुलुकले आर्थिक आर्थिक विकास र समृद्धिमा फड्को मार्न समय नलाग्ने उल्लेख गर्नुभएको छ ।