अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुट

सानिमा बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुट


काठमाडौं-सानिमा बैंकका ग्राहकले चिरायु अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन्।

आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंकले वसुन्धारा, काठमाडौंमा रहेको चिरायु नेशनल अस्पतालसँग यससम्बन्धी सम्झौता गरेको हो। 

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। 

छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरू सञ्चालनमा छन्।