अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कवाड व्यवसायीले घेरे काठमाडौँ महानगरकाे कार्यालय

कवाड व्यवसायीले घेरे काठमाडौँ महानगरकाे कार्यालय


काठमाडौं-कवाडी व्यवसायी समाजले कमलादीस्थित काठमाडौं महानगर कार्यालय घेराउ गरेका छन् ।

संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै कवाडी समाजले महानगर कार्यालय घेराउ गरेका हुन्।

कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने कवाडी समाजले माग गरेका छन् ।