अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौलिक संस्कृति जोगाउनु आवश्यकता: सभामुख घिमिरे

मौलिक संस्कृति जोगाउनु आवश्यकता: सभामुख घिमिरे


काठमाडौँ-सभामुख देवराज घिमिरेले मौलिक संस्कृति जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले आफ्ना मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो।

तीज पर्वले लैङ्गिक समानता, सामाजिक सद्भाव र पारिवारिक मिलनको महत्वलाई उजागर गर्दै आएको बताउँदै उहाँले यस्ता पर्वबाट सामाजिक अवरोधहरू हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिनुपर्ने विचार व्यक्त गर्नुभएको छ।

सभामुख घिमिरेले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहुजातीय र बहुभाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक हो, हाम्रो संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृतिक हक र लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।’