पोखरा- प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका-२, मार्फामा अवस्थित मार्फा प्यालेस होटलबीच छुट सम्झौता भएको छ। बैंकका ग्राहक तथा कर्मचारीहरुले होटलमा उपलब्ध सेवा-सुविधामा १५ प्रतिशत छुट पाउने सम्झौता गरेको हो।
सम्झौता-पत्रमा मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंकका तर्फबाट जोमसोम क्लस्टर प्रमुख तथा शाखा प्रबन्धक नरेन्द्र थकालीले हस्ताक्षर गर्नुभएको छ।
सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीले बैंकको डेबिट वा क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यममार्फत भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, भोजन तथा मनोरञ्जन सेवामा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
स्याउको राजधानीको रुपमा परिचित मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास तथा गुणस्तरीय सेवाको लागि प्रसिद्ध छ । प्रभु बैंक र होटलबीचको यस साझेदारीले मुस्ताङको पर्यटन प्रवद्र्धनसँगै बैंकका ग्राहकलाई थप सुविधा पुग्ने विश्वास गरिएको छ ।
एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (इधलभच) र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटल विच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।







प्रतिक्रिया