अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्य व्यवस्था समिति सभापति ईश्वरीदेवी न्यौपानेद्वारा शपथ

राज्य व्यवस्था समिति सभापति ईश्वरीदेवी न्यौपानेद्वारा शपथ


काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराउनु भएको हाे ।

राज्य व्यवस्था समिति सभापतिका लागि मंगलबार भएको मनोनयनमा नेपाली कांग्रेसकी सांसद न्यौपानेको मात्रै उम्मेदवारी परेको थियो।

उहाँ निर्विरोध सभापति चयन हुनुभएको हाे । यसअघि उहाँ संसदीय सुनुवाइ समितिकी सभापति हुनुहुन्थ्यो। संसदीय सुनुवाइ समिति सभापति पदबाट मंगलबार नै राजीनामा दिएर उहाँले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दिनुभएको थियो।