अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल हुँदै तीन पाकिस्तानी आतंककारी भारत पसेको भन्दै ‘हाई अलर्ट’ जारी

नेपाल हुँदै तीन पाकिस्तानी आतंककारी भारत पसेको भन्दै ‘हाई अलर्ट’ जारी


काठमाडौं-भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैस-ए-मोहम्मदका तीन सदस्य नेपाल हुँदै आफ्नो राज्य बिहार प्रवेश गरेको दाबी गरेको छ। 

तीन आतंककारीको नाम र तस्बिर सार्वजनिक गर्दै भारतको प्रहरी मुख्यालयले भागलपुरलगायत बिहारका सबै जिल्लामा ‘अलर्ट’ जारी गरेको हो ।

भारत पसेका दावी गरिएका आतंकवादीमा पाकिस्तानस्थित बहावलपुरका मोहम्मद उस्मान, उमरकोटका आदिल हुसेन र रावलपिंडीका हसनैन अली अवान भएको दावी गरिएको छ।

तीनै जनाको राहदानीसँग सम्बन्धित जानकारी पनि सार्वजनिक गरिएको छ।

बिहारमा घुसपैठ गरेका आतंककारीमा बहावलपुरका मोहम्मद उस्मान, उमरकोटका आदिल हुसेन र रावलपिंडीका हसनैन अली अवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।