अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैङ्क नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने व्यवस्था: सञ्चारमन्त्री गुरुङ

बैङ्क नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने व्यवस्था: सञ्चारमन्त्री गुरुङ


काठमाडौं- सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताउनु भएको छ।

काठमाडौँमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको अठारौँ पुस्तकालय दिवस २०८२ को कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सो कुरा बताउनु भएको हो।

मन्त्री गुरुङले भन्नुभयो, ‘अबदेखि बैंक नोट बाहेक हुलाक टिकट, स्मार्ट कार्ड, लालपूर्जा, सिटिजनसिप, राष्ट्रिय परिचय पत्र, पासवर्ड सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ। नेपालमा नै प्रिन्ट गर्छौ। यो वर्षदेखि बन्द गरेका छौ, गएको वर्षसम्म हुलाक टिकट विदेशमा छापिन्थ्यो जुन बलादेखि हुलाक टिकटको प्रयोग हुन्थ्यो।’

मन्त्री गुरुङले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामाग्री केन्द्रलाई छाप्न दिएको बताउनुभयो । ‘यो वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण जनकशिक्षा सामाग्री मार्फत भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा छाप्न दिएका छौं । हाम्रो कर्मचारीको व्यवस्थापन हुन अव एक हप्ता लाग्छ यो कर्मचारीको व्यवस्थापन भएपछि सबै सुरक्षण मुद्रण केन्द्रमा नै छापिने जानकारी गराउछु,’ मन्त्री गुरुङले भन्नुभयाे ।

बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खदिर गर्नुपर्ने मन्त्री गुरुङले बताउनु भयाे । उहाँले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्टहरु छाप्नुपर्ने बताउनुभयाे ।