अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यती एअरलाइन्स र उपायबीच रणनीतिक साझेदारी

यती एअरलाइन्स र उपायबीच रणनीतिक साझेदारी

‘यती डोर टु डोर कार्गो सेवा’ अब छिट्टै सञ्चालनमा आउने


काठमाडौं-यती एयरलाइन्स र उपाय सिटी कार्गो प्रालिबीच रणनीतिक साझेदारी भएको छ।

काठमाडौं-नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन निम्ति यती एअरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउँदैछ। उपाय सिटी कार्गो प्रालिसँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो।

ग्राहकहरुले यती एअरलाइन्समा कार्गो पठाउनका लागि उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म Upaya Complete प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो सेवा’ बुक गर्न सक्नेछन्। अब कार्गो पठाउन एअरपोर्ट वा कार्यालय धाउनु पर्ने छैन। उपायले बुकिङअनुसार ग्राहकको घरमै सामान लिन आउने र गन्तव्यसम्म पुर्‍याइदिने सम्मको सेवा प्रदान गर्ने छ।

ग्राहकका लागि प्रमुख सुविधाहरू

घरमै संकलन र डेलिभरीः घरमै आइपुग्ने र तोकिएको स्थानसम्म पुर्‍याउने सुविधा।

डिजिटल बुकिङ र ट्रयाकिङः मोबाइल वा वेबमार्फत/सजिलै बुकिङ गर्न सकिने र सामानको स्थिति रियल-टाइममा ट्र्याक गर्न सकिने।

विकल्पको सुविधाः चाहनाअनुसार उपाय हबमा कार्गो छोड्न वा परम्परागत एअरपोर्ट-टु-एअरपोर्ट सेवा लिन सकिने।

‘यती एअरलाइन्ससँगको यो साझेदारीले नेपालको कार्गो सेवा क्षेत्रमा नवीन युगको सुरुवात गर्नेछ। Upaya Complete अत्याधुनिक प्रविधिमार्फत् हामी सम्पूर्ण प्रक्रियालाई डिजिटलाइज गर्दैछौं, जसले ग्राहकलाई पूर्ण पारदर्शी र विश्वासिलो सेवा अनुभव प्रदान गर्नेछ।’ उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भन्नुभयो।

यस सेवा सुरुवात गर्नुको मुख्य उद्देश्य बताउँदै यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो, ‘यती एयरलाइन्सको प्रतिबद्धता सदैव नेपाललाई छिटो र भरपर्दो रूपमा जोड्ने हो। उपायको प्रविधि र दक्षता तथा हाम्रो हवाई सञ्जाल संयोजन हुँदा देशभरका व्यवसाय र व्यक्तिगत ग्राहकका लागि विश्वसनीय कार्गो सेवा सम्भव हुनेछ।’

दुवै कम्पनीले आगामी दिनमा सेवालाई अझ आधुनिक बनाउन एआई (AI) आधारित रुट अनुकूलन, स्वचालित हबहरू र डेटा–आधारित लजिस्टिक समाधान जस्ता नवीन प्रविधि लागू गर्ने तयारी समेत गरेका छन्।

‘यती डोर टु डोर कार्गो सेवा’ नेपालकै कार्गो क्षेत्रमा एउटा महत्वपूर्ण फड्को मानिएको छ, जसले छिटो, विश्वासिलो र प्रविधिमैत्री ढुवानीलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।