काठमाडौं-एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छ।
बैंकका ग्राहकले अस्पताल भर्ना, क्याबिन-अस्पताल भर्ना, आईसीयू बेड, भेन्टिलेटर, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग, ल्याप्रोस्कोपिक अपरेशन, प्याथोलोजी परीक्षण, भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, इको, टी.एम.टी., एन्डोस्कोपी र मेडिसिन लगायतका सेवामा छुट उपभोग गर्न सक्नेछन्।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।







प्रतिक्रिया