अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय प्रक्रिया र सचिवालयमा एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ: सभामुख घिमिरे

संसदीय प्रक्रिया र सचिवालयमा एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ: सभामुख घिमिरे


ललितपुर-सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसद्ले अध्ययन गरिरहेको बताउनुभएको छ।

डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलनमा उहाँले संसद् तथा समितिमा हुने गतिविधिका साथै सदस्यहरुका अभिव्यक्तिलाई ‘स्पिच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, विधेयकसँग सम्बन्धित ‘डेटा’ शीघ्र पत्ता लगाउने तथा विश्लेषण गर्ने भएकाले एआई उपयोगी हुने बताउनुभयो।

सभामुख घिमिरेले गलत सूचना, ‘ह्याकिङ’ र डेटा सुरक्षाको चुनौतीलाई दृष्टिगत गरी कृत्रिम बौद्धिकताको प्रयोग र नियमन गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको तयारी भइरहेको जानकारी दिनुभयो।

‘प्राविधिक र व्यावहारिक रूपले जटिल यस्ता विषयमा कानुन निर्माणमा संसद् वा सरकारको क्षमताले मात्र नपुग्न सक्छ, यसमा विषयगत विज्ञहरू, सरोकार भएकाहरूको पहलकदमी र सक्रिय सहभागिता जरूरी छ’, उहाँले गत साउनमा सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति स्वीकृत गरेको स्मरण गर्दै भन्नुभयो ।