काठमाडौं-एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ राई पुनः नियुक्त हुनुभएको छ। असोज ८ देखि लागू हुने गरी खालिङलाई ४ वर्षको लागि पुनः सीईओ नियुक्त गरेको हो।
भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले राईलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
एभरेष्ट बैंक बैंकको पहिलो नेपाली सीईओको रूपमा नियुक्त भएका खालिङसँग तीन दशक लामो बैंकिङ्ग अनुभव छ। पन्जाब नेशनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा खालिङ सीईओ हुनुअघि भारतीय नागरिकहरू नै सीईओ बन्दै आएका थिए ।
खालिङ लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा पनि काम गरिसकेकाे अनुभव छ। उहाँले बैंकको सञ्चालकको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ । उहाँले सिटिजन्स बैंकको सञ्चालकको भूमिकामा समेत रहेर अनुभव बटुलेका छन्।







प्रतिक्रिया