काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गर्नुभएकाे छ । सडक सुरक्षासम्बन्धी एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि गएराति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे।
एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बरसम्म हुने सम्मेलनका लागि मन्त्री दाहालसहितको प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो। सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा नेपालसहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्रतिनिधि, विकास साझेदार एवं विज्ञहरुको सहभागीता रहनेछ।
मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया