काठमाडौं- नयाँ बानेश्वरको संसद भवन परिसर जेन जी प्रदर्शनकारीले कब्जा गरेका छन्। भवन क्षेत्र आसपासको सडक प्रदर्शनकारीले नियन्त्रणमा लिएका हुन्। संसद भवन प्रवेश गर्ने तीन वटै गेटअगाडि प्रदर्शनकारी हाबी छन् । उनीहरूलाई हटाउने प्रयास गरिरहे पनि प्रहरी सफल भएको छैन।
संसद् भवन परिसर भित्रबाट समेत प्रहरीले अश्रुग्याँस प्रहार गरिरहेका छन्। तर, प्रदर्शनकारीले उक्त अश्रुग्याँस टिप्दै संसद् भवन भित्र फालिरहेका छन् ।
हाल प्रदर्शनकारीले प्रहरीलाई पानीको बोटल र ढुङ्गा प्रहार गरिरहेका छन्। भिड तितरबितर पार्न प्रहरीले बाल प्रयोग गरिरहेको छ । तर, प्रदर्शनकारी पछि हटेका देखिँदैनन्।






प्रतिक्रिया