काठमाडौं-काठमाडौंको बालाजुमा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका छन्। बिहानैदेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बाईसधारा नजिकै रहेको प्रहरी चौकीमा आगजनी गरेका हुन् ।
यसअघि वनस्थली प्रहरी चौकीमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए। त्यसैगरी केही समयअघि मात्रै बोहोराटारमा रहेको राष्ट्रपति रामचन्द्र पौडेलको घरमा आगजनी भएको थियो।






प्रतिक्रिया