काठमाडौँ-स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिनुभएकाे छ। मन्त्री पौडेलले मंगलबार राजीनामा दिनुभएकाे हाे ।
‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ मन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ। यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।







प्रतिक्रिया