अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीका अध्यक्षलगायत पत्रकार नेतामाथि धम्कीप्रति आपत्ति

प्रेस चौतारीका अध्यक्षलगायत पत्रकार नेतामाथि धम्कीप्रति आपत्ति


काठमाडौं औ जेन जी आन्दोलनका नाममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, पूर्वअध्यक्ष गणेश बस्नेत र केन्द्रीय सदस्य सुमन ढुंगानालाई दिइएको धम्कीप्रति चौतारीले गम्भीर आपत्ति जनाएको छ । चौतारीले विज्ञप्ति जारी गर्दै पत्रकार नेताहरूमाथि भइरहेको धम्की लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको उल्लेख गरेको छ ।

“लोकतन्त्रमा प्रत्येक नागरिकलाई आफ्ना विचार राख्ने पूर्ण अधिकार छ, पत्रकारलाई डरधम्की देखाएर चुप पार्ने प्रयास हामीलाई कदापि स्वीकार्य छैन,” विज्ञप्तिमा भनिएको छ । चौतारीले यस्ता आपराधिक मनोवृत्तिका व्यक्तिमाथि कानुनी कारबाही गर्न र पत्रकार नेताहरूको सुरक्षाको पक्का व्यवस्था गर्न राज्यसँग जोडदार माग गरेको छ ।

विज्ञप्तिमा आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएका आक्रमण र तोडफोडको पनि कडा शब्दमा भर्त्सना गरिएको छ । चौतारीले समाचार संकलनका क्रममा खटिएका सञ्चारकर्मीहरूको सुरक्षामा राज्य संवेदनशील बन्नुपर्नेमा जोड दिएको छ ।

महासचिव हिरामान लामाले हस्ताक्षर विज्ञप्तिमा प्रेस चौतारी नेपालले प्रेस स्वतन्त्रता, लोकतन्त्र र शान्तिपूर्वक लेख्न तथा बोल्न पाउने अधिकारको पक्षमा निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।