अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एटीएम र डिजिटल भुक्तानी सेवा पनि सञ्चालन गर्न बाणिज्य बैंककाे निर्देशन

एटीएम र डिजिटल भुक्तानी सेवा पनि सञ्चालन गर्न बाणिज्य बैंककाे निर्देशन


काठमाडौं-नेपाल बैंकर्स संघले बाणिज्य बैंकहरू बिहीबारबाट चार घण्टा खुलाउने निणर्य गरेकाे छ। बैंकहरू खुलेसँगै राष्ट्रबैंकले एटीएम सेवा पनि सञ्चालन गर्न निर्देशन दिएको छ।

बिहीबार सूचना जारी गर्दै राष्ट्र बैंकले क वर्गका बैंक, विकास बैंक, वित्त कम्पनी तथा भूक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थाले व्यवसायीक निरन्तरताका लागि पनि शाखा सञ्चालनमा ल्याउन भनेको हो।

राष्ट्र बैंकले संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारु गर्न र अन्य प्रणालीको हकमा पनि जोखिमको आधारमा रिमोट एक्सेस मार्फत सञ्चालन गर्न भनेको छ।