अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार

सुन तस्करका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार


काठमाडौं-बहुचर्चित सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन्।

सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन्। जेनजीको प्रदर्शन उग्र बनेपछि कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेका थिए। सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।

कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये ५ सय मात्रै कारागारमा बसेका थिए । अहिले भने भागेका केही कैदीबन्दी फर्किएका छन् ।