अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सरकारकाे काम सिंहदरबारबाटै गर्ने तयारी छ: मुख्यसचिव अर्याल

नयाँ सरकारकाे काम सिंहदरबारबाटै गर्ने तयारी छ: मुख्यसचिव अर्याल


काठमाडौं-मुख्यसचिव एकनारायण अर्यालले नयाँ सरकार गठन भएपछि त्यसलाई सिंहदरबारबाटै सञ्चालन गर्ने तयारी भएको बताउनु भएकाे छ।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजीको मागअनुसार बन्ने नयाँ सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट पार्नुभयाे। सिंहदरबार जलिसकेकाले प्रधानमन्त्रीको कार्यालय नारायणहिटीमा सारिने चर्चा भए पनि त्यो निराधार भएको उहाँको दाबी छ।

मुख्यसचिव अर्यालले भन्नुभयाे, “सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरीक्षणपछि छलफल गर्‍यौँ। कति क्षति भएको छ भन्ने आकलन गरिसकेपछि क्षति कम भएको स्थानबाट सेवा प्रवाह सुरु गर्ने तयारी भइरहेको छ। सरकार सञ्चालन सिंहदरबारबाटै हुन्छ, बाँकी सबै हल्ला मात्र हुन्।”

उहाँले अभिलेख, पूर्वाधार र सवारीसाधनमा भएको क्षतिको प्राविधिक आकलन भइरहेको पनि जानकारी दिनुभयाे।