अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई


काठमाडौँ-पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ।

प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाउनुभएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गर्नुभएको छ ।