काठमाडौं-गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै मृतकका परिवारलाई काजकिरियाबापत एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्।
आज पदबहाली गरेपछि मन्त्री अर्यालले २०८२ भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई उक्त राहत रकम दिने निर्णय गरेका हुन्।
यस्तै, राष्ट्रिय झन्डा झुकाउँदै राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको गृह तथा कानुनमन्त्रीले बताउनुभयाे। शवहरू व्यवस्थापनका लागि सरकारले निस्शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टर उपलब्ध गराउने मन्त्रीले जानकारी दिनुभयाे।







प्रतिक्रिया