अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ

महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ


काठमाडौँ-प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो।

वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो। नेपालको इतिहासमा उहाँ पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। यसअघि, महान्यायाधिवक्ता रमेश बडाल हुनुहुन्थ्यो। उहाँले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता हुनुभएको हो। भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ। यसअघि उहाँ सूचना आयुक्तसमेत रहिसक्नुभएको छ।