अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने मन्त्री घिसिङको घोषणा

तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने मन्त्री घिसिङको घोषणा


काठमाडौँ-ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले तलबभत्ता, सुरक्षालगायत सुविधा नलिने घोषणा गर्नुभएको छ। सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताउनुभएको हो।

मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताउनुभयाे।

मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गरिसक्नुभएको छ । त्यस्तै उहाँले आफूलाई माननीय नभन्न समेत आग्रह गर्नुभयाे।