अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशका यी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने

आज देशका यी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने


काठमाडौं- जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको पानी पार्ने प्रणाली रेखा सरदर भारतको आसपास अवस्थित छ।

नेपालको मौसम प्रणालीमा अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।

मंगलबार देशभर साधारणतया बदली रहनेछ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

मंगलबार राति देशभर साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।