अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबार जलाउनेलाई छुट दिन सकिँदैन: नारायणकाजी श्रेष्ठ

सिंहदरबार जलाउनेलाई छुट दिन सकिँदैन: नारायणकाजी श्रेष्ठ


काठमाडौं-नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जलाउनेलाई छुट दिन नसकिने बताउनुभएको छ।

पमाओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताउनु भएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘सबै ध्वस्त हुनेगरी जलाइएको छ कतिपय सामान लुटिएको छ। सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ। पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौँ ।’

यस्तै, उहाँले माओवादी अब जेनजीको मुद्धासँग मिलेर, आन्दोलनको उपलब्धिहरुलाई सफल पार्न अगाडि बढ्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अब हामीले जे संकल्प गरेका थियौँ कि हाम्रो पार्टीलाई रुपान्तरण र पुनगठन गरेर हामी त्यो लक्ष्यमा जान्छौँ । जेनजीको मुद्धासँग मिलेर, त्यो आन्दोलनको उपलब्धिहरुलाई सफल पार्न हामी अगाडि बढ्छौँ । हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरी उठ्छौँ ।’