अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३५ वर्षमा नगरेको काम दुई महिनामा कसरी गर्न सकिन्छ ?

३५ वर्षमा नगरेको काम दुई महिनामा कसरी गर्न सकिन्छ ?


काठमाडौं सरकारले हिजो राजनीतिक दल र जेन जीका प्रतिनिधी सहित छलफल आयोजना गर्यो । साँझ बालुवाटारमा आयोजना गरिएको छलफलमा दलका नेताहरु र जेन जीका प्रतिनिधीको कुरा सुनिसकेपछि प्रधानमन्त्री सुशीला कार्कीले समापन मन्तव्य राख्नु भएको छ । बैठकमा उहाँले राखेको मन्तव्य यस्तो छ

म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान थियौं। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, यो मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ।

म त्यसरी हिँड्दा देशलाई यस्तो अप्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो।

जेन(जी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रूनु पनि भयो। मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।

हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौं। बोलेको पुर्‍याउँछौं।

हामी चुनावमा केन्द्रित छौं। प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौं। कामको प्रगति विवरण लिन्छौं। समस्याहरू फुकाउन लागिपरेका छौं। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौं, आत्मविश्वास उठाउँदै छौं। प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन्।
३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौंरु तर हामी मनोबल उठाउन लागेका छौं, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौं।

अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन।

हामी राजदूत सिंहदरबारमा भेट्छौं, बालुवाटारमा भेटेका छैनौं। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।

अर्को कुरा, यहाँ के अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौं। हामी रोकिँदैनौं। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौं।

यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएका निर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छरु न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छरु भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्नरु अचम्म छ।

कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरै कुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तर यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने।

मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यस बेलाको भावभंगी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।

म पहिलादेखि लडाकू हुँ। मेरा परिवारका अरू सदस्य पनि लडाकू स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौं। भनेको पुर्‍याउँछौं।

अनिलजी ९अनिलकुमार सिन्हा० लाई अनुरोध गरेर ल्याएको ९मन्त्री बनाएको० हुँ। उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले के के गर्दै छौंरु हिजो थन्क्याएका फाइल खुलाउँदै छौं। कति त समातिइसकेका छन्। कतिलाई समात्दै छौं।

यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौं।

Skip This