काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतको पाँचौँ राष्ट्रिय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।
२०८३ भदौ ५ गते शुक्रबार कुवेतमा आयोजना गरिएको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रवासमा रहेका नेपालीहरूको भूमिका, संगठनको आवश्यकता तथा राष्ट्र निर्माणमा प्रवासी नेपालीको योगदानका विषयमा धारणा राखेका हुन्।
प्रवासी नेपाली मञ्च कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन अगस्ट २१ अर्थात् भदौ ५ गते आयोजना हुने यसअघि सार्वजनिक गरिएको थियो।

मञ्चले प्रवासमा रहेका नेपाली श्रमिक तथा समुदायको हकहित, सामाजिक एकता र नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन विभिन्न गतिविधि गर्दै आएको छ। यसअघि २०८१ मा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले रुपेन विक्रम हमालको नेतृत्वमा कुवेत राष्ट्रिय कमिटी चयन गरेको थियो।
पाँचौँ सम्मेलनमा कुवेतमा रहेका प्रवासी नेपाली मञ्चका प्रतिनिधि तथा सदस्यहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया