काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बैठक सुरु भएको हो ।
यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो। सो बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। खड्कालाई सात दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय सुनाइएको छ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । यद्यपि, मूल रूपमा संसदीय दलको नेता चयन र पार्टीको आन्तरिक विवादबारे छलफल हुने नेताहरूले बताएका छन् ।
निर्वाचन सम्पन्न भएर संसदको एउटा अनिवेशन अन्त्य हुँदासम्म कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । कांग्रेसले ४ वैशाखमा संसदीय दलको नेता चयन गर्ने जनाएको छ ।
कांग्रेसले १५औँ महाधिवेशनको निर्वाचन तालिकासमेत सार्वजनिक गरेको छ । महाधिवेशनबारे पनि बैठकमा छलफल हुनेछ ।






प्रतिक्रिया