अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ : महासचिव पोखरेल

निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले हाल जारी निर्वाचन समीक्षाको आधारमा पार्टीलाई योजनाबद्ध ढंगले पुनर्जागृत तथा पुनर्गठित गरिने बताउनुभएको छ ।

बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले पार्टीविरुद्ध भइरहेका नियोजित प्रचारप्रति विश्वास नगर्न पार्टी पंक्तिलाई आग्रह समेत गर्नुभएको छ ।

महासचिव पोखरेलका अनुसार हाल एमाले निर्वाचनमा प्राप्त परिणामको समग्र समीक्षा प्रक्रियामा प्रवेश गरेको छ। उहाँका अनुसार वडा, पालिका र जिल्ला तहमा समीक्षा कार्य अघि बढाइएको छ भने प्रदेश तहबाट प्राप्त प्रतिवेदनहरू संकलन गर्ने काम भइरहेको छ।

उहाँले केन्द्रीय सचिवालयले समेत अनलाइन प्रश्नावलीमार्फत अगुवा कार्यकर्ताबाट सुझाव संकलन गरिरहेको जानकारी दिनुभएको छ ।

पोखरेलले भन्नुभएको छ , ुप्राप्त सबै तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालय हुँदै केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ।ु

उहाँका अनुसार यही समीक्षात्मक प्रक्रियाका आधारमा पार्टीलाई थप सुदृढ र योजनाबद्ध रूपमा पुनर्गठित गरिनेछ।

यस अवधिमा पार्टीलाई कमजोर देखाउने वा विवादित बनाउने उद्देश्यले फैलाइएका प्रचारबाट प्रभावित नहुन उनले सम्पूर्ण कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।