अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृह जिल्ला झापा पुग्दा अध्यक्ष ओलीलाई नेता-कार्यकर्ताको भव्य स्वागत [तस्बिरहरू]

गृह जिल्ला झापा पुग्दा अध्यक्ष ओलीलाई नेता-कार्यकर्ताको भव्य स्वागत [तस्बिरहरू]


भद्रपुर-नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०८३ फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलोपटक गृह जिल्ला झापा पुगेका छन्। शनिबार इलामको एक कार्यक्रममा सहभागी हुन झापा आएका अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा एमाले नेता, कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका छन्।

अध्यक्ष ओली चन्द्रगढी विमानस्थलमा अवतरण गरेपछि विमानस्थल परिसरमा भेला भएका एमाले नेता-कार्यकर्ताले स्वागत गरेका थिए। अध्यक्ष ओलीको स्वागतका लागि बिहानैदेखि विमानस्थल क्षेत्रमा नेता तथा कार्यकर्ताको चहलपहल बढेको थियो।

विमानस्थलबाट अध्यक्ष ओली स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन्। इलाममा हुने कार्यक्रममा सहभागी भएपछि अध्यक्ष ओली शनिबार इलाममै बस्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।

सचिव कार्कीका अनुसार ओलीले आइतबार बिर्तामोडमा नेकपा (एमाले) झापाले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

निर्वाचनपछि पहिलोपटक गृह जिल्ला झापा आएका ओलीको आगमनलाई एमाले नेता-कार्यकर्ताले विशेष महत्वका साथ लिएका छन्। अध्यक्ष ओलीको राजनीतिक यात्रा झापा आन्दोलनसँग जोडिएको छ। झापा उनको राजनीतिक जीवनको महत्वपूर्ण आधारभूमिसमेत मानिन्छ।

अध्यक्ष ओलीको झापा बसाइका क्रममा पार्टीका विभिन्न कार्यक्रम तथा नेता–कार्यकर्तासँग भेटघाट हुने एमाले नेताहरूले बताएका छन्।