काठमाडौं-नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा पुगेर भेटेका छन्।
पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् अध्यक्ष ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड पुगेका थिए ।
‘हिजो अस्पतालले अध्यक्षज्यूलाई आइसीयुबाट सामान्य वार्डमा सार्यो, त्यसपछि स्वास्थ्यलाभको काम गर्न संयोजक प्रचण्ड पुग्नु भएको थियो’, एमाले सचिव भानुभक्त ढकालले भने, ‘भेटवार्ता स्वास्थ्य लाभसँग सम्बन्धित थियो।’
नेकपा नेताहरुका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। एमाले–नेकपा एकीकरणको चर्चा भइरहँदा शीर्ष नेतृत्वबीच भेटवार्ता भएको विषयलाई अर्थपूर्ण मानिएको छ।






प्रतिक्रिया