अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने


काठमाडौं-नेकपा (एमाले)ले २०८३ वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने भएको छ। एमाले केन्द्रीय कार्यालयको आज बसेको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो। 

महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधन गरेको छ। 

बैठकले सबै जिल्ला कमिटीहरूले यही वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। 

पार्टीका कार्यालय सचिव डा‍ भीष्म अधिकारीका अनुसार, उपत्यकाको हकमा भने वैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरिने भएको छ।