अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने बस्ने भएको छ। सभापति रवि लामिछानेले सोमबार दिउँसो  ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए।  

रास्वपाले केन्द्रीय सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ। सो पार्टीको सचिवालय बैठक आज साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।

बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै ६ वटा मुख्य कार्यसूची (एजेन्डा) तय गरिएका छन्।