ललितपुर-हर्कराज राई (साङपाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले विज्ञहरूसँगको सामूहिक छलफल गरेका छन्। संघीय संसदमा पहिलोपटक सहभागी भएको सो पार्टीले २०८३ वैशाख ६ गते आइतबार ललितपुरमा छलफल गरेका हुन्।
छलफलमा डा. सुन्दरमणि दीक्षित, डा. राजाराम सुवेदी, प्रोफेसर डा. राजकुमार पोखरेल, डा. टीकाराम गौतम, डा. केशवमान शाक्य, डा. लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित विज्ञहरू सहभागी थिए।
यस्तै, पार्टी अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित पार्टीका नेताहरू कार्यक्रममा सहभागी भएका थिए।
श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढ्ने संकल्प लिएको सो पार्टीले आगामी दिनमा खेल्ने भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूसँगको छलफल शुरु गरेको बताएको छ।






प्रतिक्रिया