काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयमा दुई नेता थपिएका छन्। आज बसेको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिता श्री ज्ञवाली सचिवालय सदस्य बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रवक्ता मनिष झाका अनुसार, सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए। उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता झाले जानकारी दिए । यसअघि सचिवालयमा १४ जना सदस्य थिए ।






प्रतिक्रिया