काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद र मन्त्रीहरूको लेबी परिमार्जन गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन निर्णय अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताए।
प्रवक्ता झाकाअनुसार सांसदहरूको लेबी १५ हजार कायम भएको छ। यसअघि सांसदहरूका लागि साढे १६ हजार लेबी तोकिएको थियो। मन्त्रीहरूको भने लेबी यथावत राखिएको छ। यसअघि मन्त्रीहरूको लेबी १८ हजार तोकिएको थियो। त्यस्तै, मन्त्रीका स्वकीय सचिवहरूको पनि लेबी यथावत नै छ। उनीहरूका लागि पार्टीले २ हजार लेबी तोकेको छ। सांसदहरूले पनि स्वकीय राख्न पाएको खण्डमा २ हजार नै लेबी तोकिने पार्टीले जनाएको छ ।
सांसद रू.१५,०००
मन्त्री रू. १८,०००
स्वकीय सचिव रू. २,०००






प्रतिक्रिया