अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित)

यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित)


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाएको हो। यो सँगै रास्वपाको सचिवालय संख्या १६ पुगेको छ। यसअघि रास्वपा सचिवालयमा १४ जना सदस्य थिए।

प्रवक्ता मनिष झाका अनुसार महामन्त्रीमा भूपदेव शाह र सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिएको हो।सचिवालयमा प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह भने छैनन्।

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य:

रवि लामिछाने-सभापति
स्वर्णिम वाग्ले-उपसभापति
कविन्द्र बुर्लाकोटी-महामन्त्री
भूपदेव साह-महामन्त्री
विपिन आचार्य-सहमहामन्त्री
लिमा अधिकारी-कोषाध्यक्ष
वसु माया तामाङ-सहकोषाध्यक्ष्य
मनिष झा-प्रवक्ता
गणेश पराजुली-सचिवालय सदस्य
दीपक बोहरा-सचिवालय सदस्य
बिराज भक्त श्रेष्ठ-सचिवालय सदस्य
शिशिर खनाल-सचिवालय सदस्य
सोभिता गौतम-सचिवालय सदस्य
हरि ढकाल-सचिवालय सदस्य
सागर ढकाल- सचिवालय सदस्य
सरिता श्री ज्ञवाली-सचिवालय सदस्य