काठमाडौं- नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७७ औं वर्षको अवशरमा नेता ज्ञवालीले स्थापनाकाल देखि नै विभिन्न धक्का,विभाजन र विरोधाभाषा खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुन मौलाउदै आएको उल्लेख गरेका छन् ।
ज्ञवालीले विगतको वर्ष कम्यूनिष्ट आन्दोलनका लागि सुखद नरहेको बताएका छन् । उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको उनले उल्लेख गरेका छन् । ‘बिचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुयामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउदैछन् ’ ज्ञवालीले लेखेका छन् ‘हाम्रा फुकुयामाहरुका भविष्यवाणी पनि व्यर्थ सावित हुनेछन् । किनभने कम्यूनिष्ट आन्दोलनको स्थापना,अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन,समाजको ऐतिहासिक विकासक्रम,वर्ग संरचना र रुपान्तरणको वश्तुगत आवश्यकताबाट निर्दिष्ट छ ।’
ज्ञवालीले कम्यूनिष्ट आन्दोलनले खेपेको वर्तमान धक्का र चुनौतिलाई सामान्य रुपमा लिने छुट आफूहरुलाई नभएको उल्लेख गरेका छन् । बरु पार्टी स्थापनाका बेलाका अभिभारा पुरा गर्नका लागि संकल्प गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनु पर्ने उनको भनाइ छ । ‘वर्तमानका धक्का र चुनौतीलाई सामान्य रुपमा लिने छुट हामीलाई छैन ।यसले हामीबट निर्मम आत्मसमिक्षा,संरचनागत पुनसंरचना,नयाँ डाइनामिक्सलाई बुझ्न र सामना गर्न सक्ने नयाँ उर्जाको माग गरिरहेको छ’ ज्ञवालीले लेखेका छन् ‘७७ औं स्थपना दिवशको सन्दर्भमा संकल्प गरौं हामी यी अभिभारा पूरा गर्दै आन्दोलनलाई नयाँ जीवन दिनेछौं ।’






प्रतिक्रिया