अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्यूनिष्ट पार्टी स्थापना सम्झना मात्र होइन,चुनौतिसँग जुध्ने प्रतिवद्धता पनि हो : एमाले सचिव महेश बस्नेत

कम्यूनिष्ट पार्टी स्थापना सम्झना मात्र होइन,चुनौतिसँग जुध्ने प्रतिवद्धता पनि हो : एमाले सचिव महेश बस्नेत



भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थापना दिवशलाई सम्झना मात्र होइन चुनौतिसँग जुध्ने प्रतिवद्धता व्यक्त गर्ने दिनका रुपमा स्मरण गर्नुपर्ने बताएका छन् ।
पार्टी स्थापना दिवशको शुभकामना दिदै सचिव बस्नेतले सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीको तस्विर शेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि समाजमा अझ धेरै असमानता,बेरोजगारी,महँगी र निराशा बढेको उल्लेख गरेका छन् । बस्नेतले लेखेका छन् ‘श्रमिक र विद्यार्थीका संगठनहरु खारेज गर्ने प्रयासले सरकार अधिनायकवादी बाटोमा उन्मुख भएको संकेत गरेको छ ।’
बस्नेतले कम्यूनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्धेश्य सहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिएको घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामाथी नै प्रश्न उठाएको बताएका छन् । सरकारको यस प्रकारको रबैयाले देशलाई फासिवादतर्फ लैजाने भएकोले यसको प्रतिकार गर्न उनले आह्वान गरेका छन् । बस्नेतले लेखेका छन् ‘आज आवश्यकता छ । नारा होइन,व्यवहारमा रुपान्तरणको । सत्ता होइन वा केन्द्रित राजनीतिको । विभाजन होइन,एकता र जनविश्वासको पुननिर्माणको ।’
बस्नेतले यही मुल मर्म बुझ्दै समानता,न्याय र श्रमिक अधिकारका लागि अझ सशक्त,जुझारु र संगठित ढंगले अघि बढ्नुपर्ने समय आएको बताएका छन् । ‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय अभियानलाई अझ प्रभावकारी बनाऔं ।’