काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टी केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो दुई बजे च्यासलमा आयोजना गरिने ७७ औं स्थपना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा लगायतका विषयहरु समेटिने एक नेताले बताए।
अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो। अध्यक्ष ओली आफ्नो पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेर वैशाख ५ गते घर फर्केका हुन् । स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् ।
कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र, जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ ।
नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।






प्रतिक्रिया