अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ २३ र २४ गतेको घटनाबारे जनतालाई बुझाउन सकेनौँ: महासचिव पोखरेल

भदौ २३ र २४ गतेको घटनाबारे जनतालाई बुझाउन सकेनौँ: महासचिव पोखरेल


काठमाडौँ-नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले फागुन २१ को निर्वाचनमा आफ्नो पार्टीले गत भदौ २३ र २४ प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्नु कमजोरी भएको बताएका छन् । 

बुधबार ७७ औँ पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्दा निर्वाचनमा धक्का खान परेको बताएका हुन्। 

‘आम निर्वाचन २०८२ मा पार्टीले अनपेक्षित परिणाम बेहोर्नुपरेको छ । त्यसका पछाडि भदौ २३ र २४ को घटनाले नेपालको कम्युनिस्ट आन्दोलनमात्र होइन, लोकतान्त्रिक आन्दोलन, संविधान र नेपालको सम्प्रभुतामाथि नै गम्भीर चुनौतीहरू खडा गरेको छ’, महासचिव पोखरेलले भने, ‘सोही कारण हामीले पार्टीका तर्फबाट त्यो घटना अग्रगमनतर्फको बाटो होइन, प्रतिगमनतर्फको बाटो भएकाले प्रतिनिधि सभा पुनर्स्थापनाको मान्यता अघि सार्‍यौँ ।’

महासचिव पोखरेलले तर यो सच्चाइलाई एमालेबाहेक कसैले आत्मसात् गर्न नसकेको बताए । पोखरेलले भदौ २३र २४ को दोस्रो भाग फागुन २१ को चुनाव भएको पनि दाबी गरे । ‘भदौ २३ र २४ को घटनाको भाग २ फागुन २१ को चुनाव हो’ पोखरेलले भने, ‘चुनावी परिणाम यस्तो आउनुमा भदौ २३ र २४ को घटनाबारे जनतालाई बुझाउन नसेको हो ।’ 

उनले देशभक्त र प्रगतिशील सत्ताका विरुद्ध गोयवल्स शैलीबाट भ्रम सिर्जना गर्दै लोकप्रियतावाद र अराजकतावाद फैलाउने प्रयासहरू हुँदै आएको भन्दै कार्की आयोगको प्रतिवेदनका आधारमा पार्टी अध्यक्षलाई गैर कानुनी गिरफ्तार गरे पनि मुद्दा चलाउने प्रमाण नुहुनुबाटै भदौ २३ गते षडयन्त्र भएको भनेर बुझ्न सकिने बताए ।