काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्।
बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर प्रधानमन्त्री शाहले सो निर्देशन दिएका हुन्।
आउँदो शनिबार र आइतबार सम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले जानकारी दिए।
बालेन काठमाडौँ महानगरको मेयर हुँदा पनि काठमाडौँको सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमबासीहरुले गरेको प्रतिवादका कारण महानगरको प्रयास बिफल भएको थियो।







प्रतिक्रिया