अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको चेतावनी– प्रतिरक्षाका लागि जे पनि गर्न तयारी छौं

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको चेतावनी– प्रतिरक्षाका लागि जे पनि गर्न तयारी छौं


काठमाडौं-सरकारले काठमाडौंका खोला–नदी किनारमा रहेका सुकुम्बासी बस्ती जबर्जस्ती उठिबास गरेमा संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले प्रतिवाद गर्ने चेतावनी दिएको छ। बिहीबार दिउँसो काठमाडौंको शंखमुलमा बसेकाे मोर्चाको बैठकले सो प्रतिवाद गर्ने चेतावनी दिएका हुन्छ।

मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको थियो। ‘बैठकमा सरकारले सुकुम्बासी बस्ती हटाउने निर्णय आधिकारिक हो या होइन भन्ने विषयमा छलफल भयाे,’ उपाध्यक्ष गुरुङले भने, ‘यदि हो रहेछ र बल प्रयोग गरेर उठाउने काम गरे हामी प्रतिरक्षाको लागि जे पनि गर्न तयार छौँ । जसरी पनि प्रतिरोध गर्छौँ । यसबारे हाम्रो बैठकमा छलफल भयो।’

सुधन गुरूङले गृहमन्त्रीबाट राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रधानमन्त्री बालेन शाहले काठमाडौंका खोला-नदी किनारमा रहेका सुकुम्बासी बस्ती यही शनिबार र आइतबारभित्र खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री शाहले बुधबार नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रधानमन्त्री कार्यालय बोलाएर साे निर्देशन दिएका थिए।